रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड आज

काठमाडौँ । रिज लाइन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड आज बिहान ९ बजे हुने भएको हो ।  

कम्पनीको माघ २८ गतेदेखि फागुन ४ गतेसम्म खुलेको आईपीओमा २६ लाख ६२ हजार ७९३ लगानीकर्ताले आवेदन दिएका छन् ।  

यस आईपीओमा आवेदन दिएका एक लाख १८ हजार २६ लगानीकर्ताले १०(१० कित्ता शेयर पाउने छन् ।  

कम्पनीले ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन मागेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीलाई केयर रेटिङ नेपालले'केयरएनपी डबल बी इस्युरु' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।