फोर्थिङको 'एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ अफर: खरिदमा ७ लाखसम्म फाइदा
फोर्थिङ फ्राइडे ईभी खरिदमा ग्राहकले यो विशेष अफरअन्तर्गत ७ लाख रुपैयाँसम्म फाइदा पाइने भएको छ । यस अफरमा एक्सचेन्ज बोनस, पुरानो गाडीको उचित मूल्यांकन, नयाँ गाडी खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट, सुरक्षित यात्राका लागि अटो प्लस इन्स्योरेन्स सुविधा समावेश गरिएका छन् ।
काठमाडौं । फोर्थिङ ईभीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष ‘एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ अफर सार्वजनिक गरेको छ । त्यस्तै फोर्थिङ फ्राइडे ईभी खरिदमा ग्राहकले यो विशेष अफरअन्तर्गत ७ लाख रुपैयाँसम्म फाइदा पाइने भएको छ । यस अफरमा एक्सचेन्ज बोनस, पुरानो गाडीको उचित मूल्यांकन, नयाँ गाडी खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट, सुरक्षित यात्राका लागि अटो प्लस इन्स्योरेन्स सुविधा समावेश गरिएका छन् । त्यसैगरी, कम्पनीले सडक कर व्यवस्था, निःशुल्क स्पेयर टायर र एसी चार्जर, सरप्राइज गिफ्टलगायत सुविधा ग्राहकलाई दिनेछ । फोर्थिङ चिनियाँ सरकारी स्वामित्वको प्रमुख अटोमोबाइल समूह डोङफेङ मोटर ग्रुपअन्तर्गतको सहायक कम्पनी डोङफेङ लिउझोउ मोटरद्वारा सञ्चालित ब्रान्ड हो ।
यो अफरले ग्राहकलाई दिगो र प्रिमियम इलेक्ट्रीक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गरेको कम्पनीको भनाइ छ । यो अफर सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । ‘हाम्रो यो एक्सचेन्ज एण्ड अपग्रेड अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रीक मोबिलिटीको अनुभव गराउने एउटा विशेष निमन्त्रणा हो । रू। ७ लाखसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत हामीले नेपालमा वातावरणमैत्री र प्रिमियम सवारीको प्रयोगलाई थप सहज बनाउने लक्ष्य राखेका छौं,’ कम्पनीले भनेको छ ।