कांग्रसेको १० बुँदे प्रतिज्ञापत्रः भ्रष्टाचार अन्त्यदेखि नागरिकलाई घरमै सरकारी सेवासम्म
राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालको अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् ।
काठमाडौं । नेपाली कांग्रेसले ‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने विभेदकारी अवस्थाको अन्त्य गर्ने दावी गरेको छ ।
सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहने भन्दै कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने उद्घा्ष गरेको छ ।
आज जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गरिने उल्लेख छ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू ति संस्थाहरुमा नियुक्त गर्ने वातावरण बनाइने प्रतिज्ञापत्रमा उल्लेख छ ।
प्रतिज्ञापत्रमा भनिएको छ, ‘राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालको अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।’
यस्तो छ प्रतिज्ञापत्र