१५ सयले घट्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ । चाँदी आज ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ५ सय रुपैयाँले घटेको हो ।

चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।