अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँ बढ्यो, लागत बढेको दाबी

माघ २६ गते अण्डाको मूल्यमा भारी कटौति गरेको संघले फेरी मूल्य बढाएको हो । यसअघि सघले मूल्य कटौति गर्दा नेपालमा उत्पादन बढेको र भारतबाट समेत सस्तो सेतो अण्डा भित्रिएको दावी गरेको थियो ।

काठमाडौं । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

माघ २६ गते अण्डाको मूल्यमा भारी कटौति गरेको संघले फेरी मूल्य बढाएको हो । यसअघि सघले मूल्य कटौति गर्दा नेपालमा उत्पादन बढेको र भारतबाट समेत सस्तो सेतो अण्डा भित्रिएको दावी गरेको थियो । यसअघि ठूलो अण्डा प्रतिक्रेट ३७५ र मध्यम अण्डा ३३५ रुपैयाँ कायम गरिएको थियो ।