स्पेशल प्रि-ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको पहिलो कारोबार भएको छ ।
सोमबार दुबै कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो । यी दुबै कम्पनीको सेयर फागुन १ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो ।
रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर सूचीकृत भएको थियो ।
नेप्सेले यसअघि सूचीकरणको क्रममा दिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको थियो । सोही रेञ्ज अनुसार सोमबार दुबै कम्पनीहरुको पहिलो कारोबार भएको हो ।