भ्यालेन्टाइन डे अफर: टियागो ईभीदेखि बीवाईडीका सवारीमा लाखौं छुट

भ्यालेन्टाइन डे लाई लक्षित गरेर अटो कम्पनीहरुले सवारी साधनको खरिदमा विभिन्न अफर तथा स्कीम सार्वजनिक गरेका छन् । जसमध्ये टाटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले टियागो इभीको खरिदमा आकर्षक छुट अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । भ्यालेन्टाइन डे लाई लक्षित गरेर अटो कम्पनीहरुले सवारी साधनको खरिदमा विभिन्न अफर तथा स्कीम सार्वजनिक गरेका छन् । जसमध्ये टाटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले टियागो इभीको खरिदमा आकर्षक छुट अफर सार्वजनिक गरेको छ । कम्पनीले यसअघि २७ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने टाटाको टियागो इभीलाई भ्यालेन्टाइन डे लक्षित अफरअन्तर्गत २४ लाख ९९ लाख रुपैयाँ मूल्य कायम गरेको छ । यो अफर कम्पनीले भ्यालेन्टाइन डे का दिनसम्म लागू हुने जनाएको छ । त्यस्तै, बिवाइडी कम्पनीले यसअघि २८ लाख ९५ हजार रुपैयाँ मूल्य पर्ने बिवाइडी अट्टो–१ ९डाइनामिक० को अफर अन्तर्गत २६ लाख ९५ हजार रुपैयाँ मूल्य कायम गरेको छ । त्यस्तै अट्टो–१ प्रिमियमको मूल्य यसअघि ३२ लाख ९९ हजार रुपैयाँ रहेकोमा अफर अन्तर्गत ३० लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीले उक्त एसयूभी खरिदमा दुई लाख रुपैयाँसम्म छुट सुविधा दिएको छ । त्यस्तै, ओमोडा एण्ड जेको गाडी खरिदमा लभ इन एभ्री ड्राइभ अफरअन्र्तगत एक्सचेन्ज बोनस, एक वर्षको अटो बीमा, ७ किलोवाटको वाल चार्जर निःशुल्क, आकर्षक नगद छुट, पाँच जना लक्की ग्राहकलाई हलिडे प्याकेजलगायतका सुविधासहित उपलव्ध गराएको छ ।

त्यस्तै, सुजुकी गाडीको खरिदमा समेत कम्पनीले अफर सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता सिजी मोटोकर्पले सुजुकीको गाडी खरिदमा ६ लाखसम्म नगद छुट, २ लाखसम्मको एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बीमाजस्ता सुविधा दिएको छ ।

त्यस्तै, होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले पनि भ्यालेन्टाइन डे लक्षित अफर ल्याएको छ । मायाको सफर योजना अन्तर्गत कम्पनीले मोटरसाइकल र स्कुटरको खरिदमा ५ हजारसम्मको क्यासब्याक र फाइनान्सको सजिलो सुविधा सार्वजनिक गरेको छ । त्यस्तै, हिरो र यमाहाका सवारी खरिदमा पनि कम्पनीले भ्यालेन्टाइन डेलक्षित अफर ल्याएका छन् ।

त्यस्तैगरी, डिपल गाडीको खरिदमा पनि कम्पनीले वारेन्टी अफर ल्याएको छ । त्यस्तैगरी, टीभीएसका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले हरेक दिन सुनको सिक्का जित्ने अफर कम्पनीले सञ्चालन गरिरहेको छ । सवारी खरिदमा ग्राहकले १ लाखसम्मको नगद छुट पनि पाउन सक्ने कम्पनीको दाबी छ ।