नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड, सिटिजन्स बैंकको नवीन खोजको परिणाम
सिटिजन्स बैंक इन्टरनेशनलको क्रेडिट कार्ड विभाग प्रमुख रिमा राजबंशीले डिजिटल क्रेडिट कार्डले ग्राहकहरुलाई धेरै नै सजिलो बनाएको बताइन्। 'भर्चुअल क्रेडिट कार्डले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। डिजिटल भुक्तानीलाई सुरक्षित, छरितो र सहज बनाएको कारण ग्राहकहरूको रुचि उल्लेखनीय रूपमा बढेको छ' प्रमुख राजबंशीले भनिन्, 'विशेषगरी QR Scan गरेर अनलाइन किनमेलमा प्रयोग सरल र सुरक्षित भएकाले सेवाको माग क्रमशः वृद्धि हुँदै गएको छ।'
भर्चुअल क्रेडिट कार्डको अवधारणा बैंकिङ क्षेत्रमा बढ्दो डिजिटल भुक्तानीको आवश्यकता, अनलाइन कारोबारको विस्तार र ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै आएको हो। यसै आवश्यकतालाई मध्यनजर गर्दै, ग्राहकलाई सहज, सुरक्षित र छिटो डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स बैंकले पहिलो पटक भर्चुअल क्रेडिट कार्डको अवधारणा विकास गरी फोनपेसँगको सहकार्यमा सार्वजनिक गरेको हो। यसले कार्ड दुरुपयोगको जोखिम कम गर्नुका साथै डिजिटल बैंकिङ अनुभवलाई अझ आधुनिक र प्रभावकारी बनाएको छ।
सिटिजन्स बैंक इन्टरनेशनलको क्रेडिट कार्ड विभाग प्रमुख रिमा राजबंशीले डिजिटल क्रेडिट कार्डले ग्राहकहरुलाई धेरै नै सजिलो बनाएको बताइन्। 'भर्चुअल क्रेडिट कार्डले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। डिजिटल भुक्तानीलाई सुरक्षित, छरितो र सहज बनाएको कारण ग्राहकहरूको रुचि उल्लेखनीय रूपमा बढेको छ' प्रमुख राजबंशीले भनिन्, 'विशेषगरी QR Scan गरेर अनलाइन किनमेलमा प्रयोग सरल र सुरक्षित भएकाले सेवाको माग क्रमशः वृद्धि हुँदै गएको छ।'
प्रमुख राजबंशीका अनुसार भर्चुअल क्रेडिट कार्डका मुख्य विशेषताहरू भौतिक कार्ड आवश्यक नपर्ने, उच्च सुरक्षा व्यवस्था, अनलाइन भुक्तानीमा सहजता, तत्काल उपलब्धता- कार्ड सङ्कलनका लागि बैंक धाउनु नपर्ने, खर्च नियन्त्रणको सुविधा, मोबाइल बैंकिङ एपमै रियल–टाइममा हेर्न सकिन्छ। हाल, भर्चुअल क्रेडिट कार्डको सीमा ग्राहकको वार्षिक आम्दानीमा आधारित छ । यद्यपि, भाडा, पेन्सन, रेमिट्यान्स, फ्रीलान्सर जस्ता स्थायी आम्दानीका स्रोत भएका ग्राहकहरूले पनि भर्चुअल क्रेडिट कार्डको लागि आवेदन दिन सक्छन्।
ग्राहकले बैंकको वेब प्लेटफर्मबाट भर्चुअल क्रेडिट कार्ड सम्बन्धित मेनुमा गई आवेदन दिन सक्छन् वा सिधै कुनै पनि शाखामा गएर भर्चुअल क्रेडिट कार्डको लागि फारम भर्न सक्छन्। आवश्यक विवरण पुष्टि भएपछि कार्ड डिजिटल रूपमा जारी हुन्छ र तुरुन्तै सक्रिय भई प्रयोगयोग्य हुन्छ। कार्ड नम्बर, म्याद सकिने मिति र प्रमाणीकरण कोड जस्ता विवरणहरू एपभित्र सुरक्षित रूपमा उपलब्ध हुन्छन्, जसलाई अनलाइन भुक्तानीका क्रममा प्रयोग गर्न सकिन्छ । हालका लागि भर्चुअल क्रेडिट कार्ड बैंकको मोबाइल बैंकिङ एपमार्फत मात्र उपलब्ध छ।
हाल व्यापारिक भुक्तानीका लागि मात्र QR भर्चुअल क्रेडिट कार्डको प्रयोग गरिएको भएपनि छिट्टै मासिक किस्ताबन्दी (इएमआई) सुविधा थप्ने गरि काम अघि बढिरहेको कार्ड विभाग प्रमुख राजबंशीले जानकारी दिइन्। इएमआई सुविधा थपिएसँगै ग्राहकहरुलाई अझ सहजता हुने उनको विश्वास छ।
भर्चुअल क्रेडिट कार्डलाई ग्राहकको बैंक खातासँग लिंक गरेर जारी गरिन्छ। ग्राहकले भर्चुअल कार्डको आवेदन गर्दा बचत खाता/नामांकित खाताको विवरण चयन गर्नुपर्छ । त्यसपछि, भर्चुअल कार्डमार्फत भएका सबै कारोबार सो खाताबाट लेनदेन हुन्छन्।
क्रेडिट कार्ड र भर्चुअल क्रेडिट कार्डबीचको भिन्नता:
भर्चुअल क्रेडिट कार्डका फाइदाहरू: उच्च सुरक्षा, छिटो वास्तविक समय सेवा, सजिलो सीमा स्वीकृति प्रक्रिया, QR भुक्तानी मार्फत सजिलो किनमेल, खर्चमा नियन्त्रण, कार्ड हराउने चिन्ता नहुने, बैंकको मोबाइल बैंकिङ एप मार्फत स्टेटमेन्ट हेर्न सकिन्छ, बाँकी राफसाफ (क्लियरेन्स) का लागि स्टेटमेन्ट पर्खनु पर्दैन।
भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले सामना गर्ने चुनौतीहरू:
· सर्भर समस्या, प्राविधिक समस्याहरू
· भर्चुअल प्रयोगसँग परिचित नभएको
· डिजिटल साक्षरताको अभाव
· सीमित मर्चेन्टहरुबाट अनुमोदन
कोभिड महामारीपछि, विश्वव्यापी रूपमा डिजिटल भुक्तानी बढ्यो र नेपालमा पनि त्यस्तै भयो । डिजिटलाइजेसनलाई प्रवर्द्धन गर्न, सिटिजन्स बैंक भर्चुअल क्रेडिट कार्ड सुरु गर्ने पहिलो बैंक थियो। सामान्यत क्रेडिट कार्डहरू प्रयोग गर्ने ग्राहकहरूले सामना गर्नुपर्ने कठिनाइहरूलाई कम गर्न र सम्बोधन गर्न नेपालमा भर्चुअल क्रेडिट कार्ड सुरु गरिएको थियो जसले ग्राहकहरूको क्रेडिट आवश्यकतालाई छिटो, सरल र सहज रुपमा सम्वोधन गरि डिजिटल भुक्तानीलाई परिस्थितीय प्रणाली (इकोसिस्टम) मा थप एकीकृत गर्न मद्दत गर्यो।
लगातार दुई वर्ष २०२४ र २०२५ मा फाइनान्सियल टाइम्स समूह अन्तर्गतको ‘द बैंकर’ पत्रिकाले सिटिजन्स बैंकले 'बैंक अफ दि इयर' उपाधी पाएको छ। खासगरि प्रत्येक वर्ष वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा विश्वभरका उत्कृष्ट बैंकहरू छनोट गर्दै दिइएको बैंक अफ दि इअर अवार्डले पनि नवप्रवर्तनअन्तर्गत डिजिटल श्रीवृद्धिमा सिटिजन्स बैंकले खेलेको कदमलाई समर्थन गरेको आभाष दिन्छ । 'सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डको सकारात्मक प्रतिक्रियाले बैंकलाई अन्य क्षेत्रहरुमा पनि नयाँ केही काम गरिरहन अभिप्रेरित गरिरहेको छ' राजबंशीले बताइन्।