एनएमबि बैंकको खुद नाफामा १७.७१ प्रतिशतको गिरावट: प्रतिसेयर आम्दानी १७ रुपैयाँ १० पैसामा सीमित
एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.२९ प्रतिशत घटेको छ ।
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.२९ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख रूपैयाँ रहेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १० पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी २० रूपैयाँ ७८ पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा वितरणायोग्य नाफा ४९ करोड ९६ लाख रूपैयाँ छ । ब्याज बक्यौताका कारण बैंकले ४० करोड ६१ लाख रूपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नाफा ५६ करोड ४३ लाख रूपैयाँ छ । १९ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख रुपैयाँ छ ।
बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा ३.९६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ४.५६ प्रतिशत कायम भएको छ । प्राथमिक पुँजीकोष अनुपात ८.७९ र त्रैमासको औसत आधार दर ५.४८ प्रतिशत छ ।
