नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने,६३ दिनका लागि बोलकबोल आह्वान

विज्ञापन
ncell

नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ६३ दिनको लागि २० अर्ब निक्षेप संकलन गर्ने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ भने साँवा तथा ब्याजको भुक्तानी २०८२ चैत १८ गते गरिनेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ६३ दिनको लागि २० अर्ब निक्षेप संकलन गर्ने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ भने साँवा तथा ब्याजको भुक्तानी २०८२ चैत १८ गते गरिनेछ ।


 बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेप संकलन बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा बहुबोलकबोल गर्न समेत सकिने व्यवस्था गरिएको छ । बोलपत्र बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको कुल रकम नपुग्दासम्म क्रमशः बाँडफाँड गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।