प्रभु बैंकको नाफामा २४ प्रतिशतको गिरावट: खराब कर्जा बढेर ७.९४ प्रतिशत पुग्यो
प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो । त्यस्तै बैंकको खराब कर्जा अनुपात ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज वृद्धि हुँदा सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका छन् ।
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो । अघिल्लो वर्ष बैंकले सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै बैंकको खराब कर्जा अनुपात ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज वृद्धि हुँदा सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका छन् ।
बैंकको खुद ब्याज आम्दानी भने ४ अर्ब ९८ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्षको ४ अर्ब ८६ करोड ७९ लाख थियो । तर, खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यसका कारण बैंकको सञ्चालन मुनाफा २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको हो ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । जसले लाभांश वितरण क्षमतामा चुनौती सिर्जना गरेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, नेटवर्थ १४६ रुपैयाँ १७ पैसा, मूल्यआम्दानी अनुपात २१.२७ गुणा, र तरलता अनुपात ३९.३१ प्रतिशत कायम छ ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२.८६ प्रतिशत कमी आएको छ। निक्षेप संकलन ३ खर्ब ४० अर्ब र कर्जा प्रवाह २ खर्ब २७ अर्ब पुगेको छ।
