३०० रुपैयाँले सुनको मूल्य बढ्दा चाँदी भने १०५ ले बढ्यो, रेकर्ड कायम गर्ने क्रम जारी
केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार भने बजारमा चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँ कायम भएको थियो ।
