यी हुन आज सकारात्मक सर्किट लागेका १० कम्पनी
आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) को १० वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से बढ्दा आइतबार १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सकारात्क सर्किट लागेको छ । आइतबार एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी,क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स त्रिशुली जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
काठमाडौ । आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) उच्च अकले बढेको छ । नेप्से बढ्दा आइतबार १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सकारात्क सर्किट लागेको छ । आइतबार एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी,क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स त्रिशुली जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
आज सबैभन्दा धेरै एसवाइ प्यानल अघिल्लो दिनको तुलनामा १७१ रुपैयाँले बढेर कारोबार बन्द हुँदा १८८१.५० रुपैयाँमा कायम भएको छ। श्रीनगर एग्रीटेक १३९.८० ले बढेर १५३६.९० रुपैयाँ पुगेको छ भने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी १३१.६० ले बढेर १४४७.६० रुपैयाँ कायम भएको छ । बन्दीपुर केबलकार ९८ ले बढेर १०७८ पुगेको छ । हिम स्टार उर्जा ९८ ले बढेर १०४५ रूपैयाँ पुगेको छ। मबिलुङ ७५.६० ले बढेर ८३१.६० मा पुगेर बनद भएको हो । रिलायन्स फाइन्नस ४२.२० ले बढेर ४९७.४० मा पुगेको हो । आँखुखोला २४.४० ले बढेर २६८.४० भएको हो । त्रिशुलि जलविद्युत ४२.५० ले बढेर ४६८.२० पुगेको हो । क्रिस्ट माइक्रो लाइफ इन्सोरेन्स १३५ ले बढ्दा १४९५ रुपैयाँ कायम भएको हो ।