१७ औँ वर्षमा ई-सेवा, वित्तीय समावेशितामार्फत समाजमा सकारात्मक योगदान दिन प्रतिबद्ध छौ: अध्यक्ष क्षेत्री

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । ‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ भुक्तानी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इ-सेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा विकास गर्दै आएको छ। इ-सेवाले १७ वर्षको यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा र वित्तीय समावेशितालाई आफ्नो मूल लक्ष्यका रूपमा स्थापित गर्दै आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ ।

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इ-सेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७ औँ वर्षमा प्रवेश गरेको हो । ‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ भुक्तानी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इ-सेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा विकास गर्दै आएको छ। हाल इ-सेवा टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बिमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्ने हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म बनेको छ ।

१७ औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इ-सेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन आफूहरू निरन्तर लागिरहने बताए। उनले नियामक निकाय, प्रयोगकर्ता, समाज र सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारबाट समाजमा सकारात्मक योगदान दिन इ सेवा प्रतिबद्ध रहेको समेत जानकारी दिए।

यसै गरी, इ-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इ-सेवाले सधैँ सबैलाई समेट्दै सँगै अगाडि बढ्ने मूल मन्त्रका साथ आफूहरूले सेवा प्रदान गर्दै आएको जानकारी दिएका छन् । उनले इ सेवाको १७ वर्षे यात्राले नेपालकै कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए।  

इ-सेवाले १७ वर्षको यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा र वित्तीय समावेशितालाई आफ्नो मूल लक्ष्यका रूपमा स्थापित गर्दै आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । प्रयोगकर्ता केन्द्रित नवप्रवर्तन मार्फत वित्तीय समावेशितामार्फत डिजिटल अर्थतन्त्रमा सबै वर्गको सहभागिता बढाउन प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउन तथा डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्‍याउन रूपमा लागिरहने प्रतिबद्धता समेत इ-सेवाले गरेको छ । 

१७ औँ वार्षिकोत्सवको अवसरमा इ-सेवामा थपिए तीन सुविधाहरू

१७ औँ वार्षिकोत्सवको अवसरमा इ-सेवाले आफ्ना सुविधामा विस्तार पनि गरेको छ । यस अवसरमा इसेवाले दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ता लक्षित टकब्याक सुविधा, भुक्तानीलाई सहज र छिटो बनाउने इन्टेन्ट बेस्ड पेमेन्ट र इसेवा सर्कल च्याट जस्ता प्रयोगकर्ता केन्द्रित समाधानहरू अघि सारेको छ ।