प्रभु बैंकको ७ लाख २७ हजार कित्ता सेयर बिक्रीमा

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकासन भएको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्ने छ ।

काठमाडौं । प्रभु बैंकले ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख २७ हजार ५४३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकासन भएको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्ने छ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री प्रकृया अगाडि बढाउँने बैंकले जनाएको छ ।