पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
पाल्पा सिमेन्ट इण्डष्ट्रिजले पुस २५ गतेदेखि आयोजना प्रभावितका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ। आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्।
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजले पुस २५ गतेदेखि आयोजना प्रभावितका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस ९ गते अनुमति पाएको थियो। अनुमति पाएसँगै कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो। वैदेशिक रोजगारेका लागि खुला गरेको आईपीओ बाँडफाँड समेत भइसकेको छ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ