सुपर हेवा पावर कम्पनीले आइपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग भयो प्रत्याभूति सम्झौता

सुपर हेवाले १९ करोड २५ लाख रुपैयाँ बराबरले हुन आउने १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । आईपीओ निष्काशनको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ ।

काठमाडौं । सुपर हेवा पावर कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ)  निष्कासन गर्ने भएको छ । सुपर हेवाले १९ करोड २५ लाख रुपैयाँ बराबरले हुन आउने १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । आईपीओ निष्काशनको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका-४ मा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।