रेशम चौधरीको उम्मेदवारी खारेज
आदेशमा भनिएको छ, 'राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला बदर हुने छैन भन्ने समेतको मौजुदा कानूनी व्यवस्था रहेको र आयोगको मिति २०८०।११।२४ को निर्णयबाट निज चौधरी राजनीतिक दलको सदस्य बन्न समेत अयोग्य देखिन्छ ।'
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।
निर्वाचन अधिकृत देवराज भारतीले गरेको निर्णय आदेशमा जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी भएको देखिएता पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) बमोजिम राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला बदर हुने छैन भन्ने समेतको मौजुदा कानूनी व्यवस्था रहेको र निर्वाचन आयोगको मिति २०८०।११।२४ गतेको निर्णयबाट निज रेशमलाल चौधरी राजनीतिक दलको सदस्य समेत बन्न अयोग्य हुने उल्लेख छ ।
उनीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दाेषी ठहर गरेको थियो ।
यस्तो छ आयोगको निणय