९.२३ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) सामान्य अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ। आज ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेको नेप्से, यस दिन बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ। आज ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार भने ८ अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । यस दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबारमा आएको कालिका पावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
आज १६२ कम्पनिको सेयर मूल्य बढ्दा ८८ को भने घटेको छ। त्यस्तै १० कम्पनिको सेयर मूल्य भने स्थिर छ ।