६ महिनामा ९ अर्ब ७७ करोड भन्दा बढीको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

२०८१–८२ को यही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् पाँच दशमलव ६ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको हो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चार अर्ब ७२ करोड छ लाख रुपैयाँ मूल्य पर्ने ५३ हजार १ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी तीन अर्ब २२ करोड ६५ लाख रुपैयाँ मूल्य पर्ने ३३ हजार ७ सय ४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, छ महिनाको अवधिमा एक अर्ब २४ करोड सात लाख रुपैयाँ मूल्य पर्ने १२ हजार ८ सय ११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने चार हजार १ सय १२ किलोलिटर एटिएफ र नौ करोड पाँच लाख रुपैयाँ मूल्य पर्ने ९ सय ६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।