१० हजार ४00 ले बढ्यो सुनको मूल्य, चाँदी ६ हजारको हाराहारी

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १० हजार ४ सयले बढेर २ लाख ९५ हजार १०० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बढेको छ महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १० हजार ४ सयले बढेर २ लाख ९५ हजार १०० मा कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मको उच्च हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।