एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुट र विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् । विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड निकै उपयोगी हुने देखिन्छ ।

काठमाडौं । एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ । बैंकले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो ।  

बैंकका अनुसार नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् (सर्तहरू लागू हुने) । विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड निकै उपयोगी हुने देखिन्छ ।

यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइने बैकले जनाएको छ । 

डिजिटल बैंकिङ्गमा सधैं अगाडि रहने बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ । बैंकका अनुसार यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबिको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।