प्रतिनिधिसभा सदस्यका लागि ३४२८ उम्मेदवारी दर्ता, धेरै रुपन्देही २ र ३ मा ३५-३५ र मुस्ताङमा ४ जना
निर्वाचन आयोगका अनुसार ३ हजार ४२८ उम्मेदवारी परेको छ । त्यसमध्ये महिला उम्मेदवार ११.४ प्रतिशत अर्थात् ३९१ र पुरुष ८८.६ प्रतिशत अर्थात् ३ हजार ३७ रहेको छ । यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ ।
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिन २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएको छ ।
उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन् । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा भण्डारीले अपेक्षा गरिएको बताए ।
निर्वाचन आयोगकाअनुसार ३ हजार ४२८ उम्मेदवारी परेको छ । त्यसमध्ये महिला उम्मेदवार ११.४ प्रतिशत अर्थात् ३९१ र पुरुष ८८.६ प्रतिशत अर्थात् ३ हजार ३७ रहेको छ । यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ । यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको आयोगले प्रारम्भिक विवरण मङ्गलवार राति सार्वजनिक गर्ने छ ।
प्रारम्भिक विवरणअनुसार रुपन्देही जिल्लो क्षेत्र नं.२ र ३ मा सबैभन्दा बढी उम्मेद्वारी परेको छ । ती दुबै क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरि ३५-३५ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै सबैभन्दा कम उम्मेद्वारी मुस्ताङमा परेको छ र त्यहाँ जम्मा चार जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने त्यसै दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।