कामना सेवा विकास बैंकको ६ महिने हिसावकिताव, ३९ करोड ४५ लाख नाफा
बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको १ अर्ब ८ करोड रुपैयाँको तुलनामा ११.१८ प्रतिशतले बढी हो । बैंकको खुद शुल्क र कमिशन आम्दानी ९.१६ प्रतिशतले बढेर १६ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष (आव) २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले चालु को पुषसम्म ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको ३२ करोड २४ लाख रुपैयाँको तुलनामा २२.३४ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको १ अर्ब ८ करोड रुपैयाँको तुलनामा ११.१८ प्रतिशतले बढी हो ।
बैंकको खुद शुल्क र कमिशन आम्दानी ९.१६ प्रतिशतले बढेर १६ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आवमा बैंकको खुद शुल्क र कमिशन आम्दानी १४ करोड ५३ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १३.६१ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको रिटेन्ड अर्निङ ४३.६६ प्रतिशतले घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकले रिजर्भको आकार भने १ अर्ब ८३ करोड रुपैयाँबाट बढाएर १ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा १८ करोड ७१ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको सोही अवधिका लागि भने बैंकले १९ करोड ६४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाएको थियो । बैंकको खराब कर्जा अनुपात घटेर ४.१० प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १५।३२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३७ करोड ५५ लाख ८४ हजार रुपैयाँ र लाभांश क्षमता २१।४० प्रतिशत थियो ।
३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड ६८ लाख ८ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८६५.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.१७ गुणा र तरलता अनुपात २३.८६ प्रतिशत कायम भएको छ । समीक्षा अवधिसम्म बैंकको ईपीएस २०.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ ।