दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले किन दियो निर्देशन?

काठमाडौं । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।

आयोगले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको हो ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर प्रसाईंले भ्रामक सूचना प्रवाह गरेको भन्दै आयोगले प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई आइतबार पत्र पठाएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

विशेष महाधिवेशनबाट निवार्चित गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिलाउन आयोगले ५२ करोड रुपैयाँ लेनदेन गरेको भन्दै प्रसाईंले गम्भीर आरोप लगाएको भिडियो सार्वजनिक भएपछि आयोगले प्रसाईंलाई कारबाही गर्न पत्रचार गरेको हो।

प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको दाबीसहित भ्रामक सूचना प्रवाह गरेको आयोगको दाबी छ ।