नेप्से २६७२.५५ विन्दुमा, ४ कम्पनिको सेयरमा सकारात्मक सर्किट

सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) ३१.१२ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३१.१२ अङ्कले बढेर २६७२.५५ विन्दुमा पुगेर बन्द भएको छ । आज ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

काठमाडौ । सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) ३१.१२ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३१.१२ अङ्कले बढेर २६७२.५५ विन्दुमा पुगेर बन्द भएको छ । 

आज ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। गत बुधबार भने ६ अर्ब २० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज ४ कम्पनिको सेयर सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको सेयर छन्। कारोबारमा आएको थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य आज दिन सर्वाधिक ८.७८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५३ करोड १६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

आज २२४ कम्पनिको सेयर मूल्य बढ्दा ३१ को भने घटेको छ। त्यस्तै ५ कम्पनिको सेयर मूल्य भने स्थिर छ ।