होटल एशोसिएसन नेपाल (हान) ले मनायो ६० औं वार्षिकोत्सव
बाार्षिकोत्सवको अवसरमा हानमा २० वर्ष सेवा गरेकोमा प्रा.डा. गान्धी पण्डित, लव कार्की, बाबुराम लामिछाने र कार्यक्रम सालिकराम हेम्बालाई सम्मान गरेको थियो ।
काठमाडौं । होटल एशोसिएसन नेपाल (हान) ले ६० औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको ६० वर्ष पुगेको अवसरमा काठमाडौंमा भव्य कार्यक्रम गरिएको हो । कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवलगायत प्रतिष्ठित उद्योगी, व्यवसायीलगायत सहभागी थिए । हानका अध्यक्ष विनायक शाहका अनुसार हस्पिटालिटी क्षेत्रको बारेमा आमसर्वसाधारणलाई वास्तविकता बुझाउन यस्तो कार्यक्रम गरिएको हो । हानको स्थापना सन् १९६६ मा भएको हो ।
बाार्षिकोत्सवको अवसरमा हानमा २० वर्ष सेवा गरेकोमा प्रा.डा. गान्धी पण्डित, लव कार्की, बाबुराम लामिछाने र कार्यक्रम सालिकराम हेम्बालाई सम्मान गरेको थियो । कार्यक्रममा होटल व्यवसाय सम्बद्ध निकायले विभिन्न प्रदर्शनीसमेत गरेका छन् ।
यस्तो छ नेपालको होटल इतिहास
वि.सं. २०२० मा तत्कालीन युवराज्ञी शान्ति शाहज्यादीको विवाह हुँदा विदेशी पाहुनालाई राख्ने उपयुक्त ठाउँको अभाव भएपछि अन्नपूर्ण र सोल्टी होटलको स्थापना भएको इतिहास छ । त्यो पनि दरवार नजिककै व्यक्तिहरूको स्वामित्वमा । आज नेपालमा होटलको जेजस्तो अवस्था छ, तिनै होटलहरूको जगमा हस्पिटालिटी क्षेत्र फस्टाइरहेको छ । सोल्टी र अन्नपूर्णको स्थापनापछि नेपालमा कुल होटलको संख्या ८ पुग्दा हान स्थापना भएको हो । पहिलो अध्यक्ष प्रभाकर शमशेर राणा हुन् । त्यही जगमा बसेको नेपालको होटल व्यवसायले अहिले करिब ३५ लाखलाई सेवा प्रदान गर्ने हैसियत कायम गरिसकेको छ ।