स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेद्धारा राजिनामा

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा दिएका हुन् ।

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा दिएका हुन् ।

विभिन्न सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् भने कतिपय बन्द गर्ने तयारीमा छन् । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई १२ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।