सुपर खुदीको आईपीओ बाँडफाँट, १५ हजार ५०० वैदेशिक रोजगारीमा रहेका नेपाली लाभान्वित

सुपर खुदी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । आवेदन दिएका १५ हजार ५०० जना वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा माघ ४ गते अर्थात आज आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले पहिलो चरणमा पुस २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । आवेदन दिएका १५ हजार ५०० जना वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा माघ ४ गते अर्थात आज आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले पहिलो चरणमा पुस २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीबाट मागभन्दा ६.७१ गुणा बढी आवेदन परेको जानकारी कम्पनिले दिएको छ । कम्पनिका अनुसार ७१ हजार ७२० जना वैदेशिक रोजगारीमा रहेका नेपालीबाट १० लाख ३९ हजार ७६० कित्ता शेयर खरीद माग भएको थियो । 

त्यस्तैे आयोजना प्रभावित लमजुङका स्थानीयलाई १५ लाख ५० हजार कित्ता आईपीओ माघ ६ गतेसम्म निष्कासन हुने जनाएको छ । स्थानीयमा निष्कासन भएको सेयरमध्ये लमजुङको मस्र्याङ्दी गाउपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई ६ लाख २० हजार कित्ता र बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिका वडा नम्बर १,४,५,६,७,८, र ९ नम्बर वडाका स्थानीयलाई निष्कासन हुने छ ।

स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनिको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनिले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो ।

पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि दोस्रो चरणमा थप सर्वसाधारणका लागि निष्कासन हुनेछ । यस कम्पनीले लमजुङमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।