सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आईतबार कार्यालय समयपछि सोलुको आर्ईपीओमा आवेदन दिन पाईने छैन । कार्यालय समयभित्र आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ८२ करोड रुपैयाँको ८२ लाख कित्ता सेयर निष्कासन गरेको छ । आईतबार कार्यालय समयपछि सोलुको आर्ईपीओमा आवेदन दिन पाईने छैन ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ तथा हिमालयन क्यापिटल छ । आईपीओमा सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय र मेरो सेयर मार्फत आवेदन दिन सकिन्छ ।