एमालेले टुङ्ग्यायो प्रतिनिधिसभा उम्मेदवारको अधिकांस सूची, को कहाँबाट ? (नामावलीसहित)

पार्टीमा विपक्षी भएकै कारण चर्चित अनुहारहरुको टिकट खोसिने सम्भावना

रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष विण्णु प्रसाद पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका छन् । पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने भएपछि पाल्पाबाट २०७९ को निर्वाचन लडेका ठाकुरप्रसाद गैरे टिकटविहीन भएका छन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेकका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

“केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्गो लागेको छ”, उनले भने, “टुङ्गो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।” उनका अनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट र सभामुख देवराज घिमिरलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिवद्वय लेखराज भट्ट कैलाली–५ तथा रघुवीर महासेठलाई धनुषा–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाललाई तेह्रथुमबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ । काठमाडौँ क्षेत्र नं १ बाट मोहन रेग्मी, क्षेत्र नंं २ बाट मणिराम फुयाँल, क्षेत्र नं ३ बाट रामेश्वर फुयाँल क्षेत्र नं ६ बाट अमनकुमार मास्के, क्षेत्र नं ८ बाट राजेश शाक्य र क्षेत्र नं १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौँ क्षेत्रका अन्य निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष ओलीले टुङ्ग्याउने जिम्मेवारी सचिवालय बैठक लिएको उपमहासचिव भट्टले जानकारी दिए ।

यस्तै बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए । रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष विण्णु प्रसाद पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका छन् । पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने भएपछि पाल्पाबाट २०७९ को निर्वाचन लडेका ठाकुरप्रसाद गैरे टिकटविहीन भएका छन् ।

त्यस्तै, यसअघि मोरङ–३ बाट चुनाव लड्दै आएका सचिव भानुभक्त ढकालको निर्वाचन क्षेत्र परिवर्तन गरिएको छ र तेह्रथुमको टिकट दिइएको छ । पमहासचिव योगेश भट्टराईबारे सचिवालय बैठकले निर्णय गरेको छैन । भट्टराई चुनाव लड्दै आएको ताप्लेजुङमा कसलाई उम्मेदवार बनाउने भन्ने खाली राखिएको छ । त्यसैगरि काभ्रेपलान्चोक खेर निर्णय गरिएको छ । एघारौं महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट चुनाव लडेका उपाध्यक्ष गोकर्ण विस्टवाहेक लगभग कसैले पजि टिकट पाएका छैन । अध्यक्ष ओलीले टिकटमा एकर्लाटी गरेको र त्इसले निर्वाचनमा पार्टीलाई क्षति पुर्याउने बताउन थालिएको छ ।

पोखरेलको प्यानलबाट सचिवका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाहरू कस्ेलाई पनि दिटक दिइएको छैन । काभ्रे–२ बाट गोकुलले २०७९ को चुनाव जितेका थिए । पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई टिकट नै दिइएन ।  झापा–४ बाट एलपी सावा, इलाम–२ बाट महेश बस्नेत, ओखलढुंगाबाट अमिरबाबु गुरुङ, सुनसरी–१ बाट जय राई, बारा–२, बाट पुरुषोत्तम पौडेल, काठमाडौं–३ बाट कृष्ण राई, काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठ, सिन्धुली–१ बाट गणेश पहाडी, रामेछामबाट रत्न गौतम, कास्कीबाट मनबहादुर गुरुङ, म्याग्दीबाट बालकृष्ण सुवेदी, कैलाली–२ बाट झपड रावल, कञ्चपुर–१ बाट तारा लामा, बाजुराबाट कर्ण थापाले टिकट नपाउने सम्भावना बढेको छ । त्यस्तै, महासचिव शंकर पोखरेलको पनि  टिकट निश्चित गरिएको छैन ।

को कहाँबाट बने उम्मेदवार :

सुदूरपश्चिम

कैलाली

१) द्वारिका न्यौपाने

२) सूर्यबहादुर थापा

३) गौरीशंकर चौधरी

४) लेखराज भट्ट

५) यज्ञराज ढुङ्गाना

कञ्चनपुर

१) कमला बोहरा

२) वचनबहादुर सिंह

३) दीपक भट्ट

अछाम

१) झपटबहादुर बोहरा

२) यज्ञ बोगटी

बाजुरा

१) लालबहादुर थापा

डोटी

१) दीपक धामी

डडेल्धुरा

१) चक्र स्नेही

बझाङ

१) अफिलाल ओखेडा

बैतडी

१) दामोदर भण्डारी

दार्चुला

१) गणेशसिंह ठगुन्ना

कर्णाली

सल्यान

१) गुलाबजंग शाह

रुकुम पश्चिम

१) नन्दराम देवकोटा

सुर्खेत

१) धुर्व शाही

२) कुलमणि देवकोटा

कालिकोट

१) नागेन्द्र शाही (नेसनल)

जुम्ला

१) शान्तिबहादुर महत

मुगु

१) पूर्णबहादुर रोकाया

हुम्ला

१) दल फडेरा

डोल्पा

१) लङ्क रोकाया

दैलेख

१) रविन्द्रराज शर्मा

२) लक्ष्मीराज शर्मा

जाजरकोट

१) डम्मरबहादुर सिंह

लुम्बिनी

नवलपरासी

१) रामप्रसाद पाण्डे

२) भगवतीप्रसाद यादव

रुपन्देही

१) बाँकी

२) बाँकी

३) बासुदेव घिमिरे

४) बाँकी

५) खिमलाल भट्टराई

कपिलवस्तु

१) विश्राम चौधरी

२) अध्यक्षले टुङ्गाउने

३) बिरेन्द्र कडौनिया

दाङ

१) बाँकी

२) बाँकी

३) घनश्याम पाण्डे

बाँके

१) सूर्य ढकाल

२) बाँकी

३) दलबहादुर सुनार

बर्दिया

१) शालिकराम अधिकारी

२) विमला विक

पाल्पा

१) नारायण आचार्य

२) विष्णुप्रसाद पोडेल

रुकुम पूर्व

१) बाँकी

रोल्पा

१) गोकुल घर्ती

प्यूठान

१) सूर्य थापा

अर्घाखाँची

१) पिताम्बर भूसाल

गुल्मी

१) प्रदीप ज्ञवाली

२) गोकर्ण विष्ट

गण्डकी

नवलपुर

१) भागीरथ सापकोटा

२) तिलबहादुर महत क्षेत्री

गोरखा

१) आर.सी. लामिछाने

२) मिलन गुरुङ

लमजुङ

१) पृथ्वीसुब्बा गुरुङ

तनहुँ

१) भगवती न्यौपाने

२) केदार सिग्देल

स्याङ्जा

१) मिनप्रसाद गुरुङ

२) खिमबहादुर थापा

म्याग्दी

१) हरिकृष्ण श्रेष्ठ

कास्की

१) बैणबहादुर क्षेत्री

२) कृष्ण थापा

३) दामोदर बैरागी

बागलुङ

१) हिरा केसी

२) मञ्जु शर्मा चालिसे

मुस्ताङ

१) इन्द्रधारा विष्ट

मनाङ

१) पोल्देन सोताङ गुरुङ

पर्वत

१) पदम गिरी

बागमती

सिन्धुली

१) प्रदीप केसी (कटुवाल)

२) मनोजजंग थापा

रामेछाप

१) माधवप्रसाद ढुङ्गेल

दोलखा

१) पार्वत गुरुङ

सिन्धुपाल्चोक

१) आङदोर्जे शेर्पा

२) शेरबहादुर तामाङ

काभ्रे

१) अमित लामा

२) बाँकी

धादिङ

१) भूमी त्रिपाठी

२) धनबहादुर घले

नुवाकोट

१) बद्री मैनाली

२) केशव पाण्डे

रसुवा

१) प्रेमबहादुर तामाङ

मकवानपुर

१) रामेश्वर राना

२) महेश बर्तौला

चितवन

१) कृष्णराज (कमल) पाठक

२) अस्मिन घिमिरे

३) शंकरराज थपलिया

काठमाडौं

१) मोहन रेग्मी

२) मणिराम फुयाल

३) रामेश्वर फुयाल

४) बाँकी

५) बाँकी

६) अमनकुमार मास्के

७) बाँकी

८) राजेश शाक्य

९) बाँकी

१०) विनोद श्रेष्ठ

ललितपुर

१) चेतनाथ सञ्जेल

२) प्रेमबहादुर महर्जन

३) बाँकी

मधेश

सप्तरी

१) सुमन प्याकुरेल

२) सतिश सिंह

३) ताराकान्त चौधरी

४) बालकृष्ण चौधरी

सिराहा

१) केदार यादव

२) नविनकुमार यादव

३) लिलानाथ श्रेष्ठ

४) बिल्टु यादव

धनुषा

१) रामचन्द्र मण्डल

२) उमाशंकर अग्रहरि

३) जुली महतो

४) रघुवीर महासेठ

महोत्तरी

१) लक्ष्मी महतो कोइरी

२) रामपरिक्षण यादव

३) बाँकी

४) सरोज यादव

सर्लाही

१) बाँकी

२) बाँकी

३) हरि उप्रेती

रौतहट

१) अजय गुप्ता

२) शैलेन्द्र साह

३) कुन्दन कुशवाहा

४) रामजी शाह

बारा

१) अच्युत मैनाली

२) बलवीर चौधरी

३) ज्वाला शाह

४) किसान श्रेष्ठ

पर्सा

१) बाँकी

२) बाँकी

३) प्रमोद जैसवाल

४) जालिम मियाँ अन्सारी

कोशी

ताप्लेजुङ

१) बाँकी

पाँचथर

१) ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१) काजिमान कागते

२) सुहाङ नेम्वाङ

झापा

१) रामचन्द्र उप्रेती

२) देवराज घिमिरे

३) बाँकी

४) बाँकी

५) केपी शर्मा ओली

संखुवासभा

१) डा. अर्जुन कार्की

धनकुटा

१) राजेन्द्र राई

भोजपुर

१ ) शेरधन राई

तेह्रथुम

१) भानुभक्त ढकाल

सुनसरी

१) सूर्य पन्दाक

२) बाँकी

३) बाँकी

४) भगवती चौधरी

मोरङ

१) घनश्याम खतिवडा

२) दिलीप बगेडिया

३) दिलीप राई

४) जीवन घिमिरे

५) बाँकी

६) बाँकी

सोलुखुम्बु

१) कल्पना राई

ओखलढुंगा

१) अस्मिता थापा

उदयपुर

१) दुर्गा थापा स्वोती

२) अमर रायमाझी

खोटाङ

१) देवविक्रम राई