नेप्से १.५२ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

बुधबार नेप्से १.५२ अंकले बढ्दै २६४१,४३ को बिन्दुमा पुगेको हो । आज ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँ बराबरको १ करोड २५ लाख ४ हजार बराबर कित्ता सेयर खरिदबिक्री भएको छ।

काठमाडौ । सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.५२ अंकले बढ्दै २६४१,४३ को बिन्दुमा पुगेको हो । आज ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँ बराबरको १ करोड २५ लाख ४ हजार बराबर कित्ता सेयर खरिदबिक्री भएको छ। हिजो भने ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा १२४ को भने घटेको छ। त्यस्तै ११ कम्पनिको सेयर मूल्य भने स्थिर छ । 

आज सुपर मादी हाइड्रोपावर सर्वाधिक ९.९४ प्रतिशतले बढेको छ । त्यस्तै थी्र स्टार हाइड्रोपावर ८.२३ प्रतिशत र एनएमबी माइक्रोफाईनान्स ७.३४ प्रतिशतले बढेको हो ।  

कारोबारमा आएको आइसीएफसी कोसेयरमूल्य यस दिन ३.३० प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।