नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले लिए पद तथा गोपनीयताको शपथ

नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकमा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चौधरीले शपथ लिएका हुन् ।

काठमाडौं । नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो । 

 चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् । समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा.नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु लगायतको उपस्थित थियो ।