राष्ट्र बैंकद्वारा पुन: २५ अर्बको ऋणपत्र जारी, कुल ऋणपत्र पुग्यो २ खर्ब
राष्ट्र बैंकले १ वर्ष अवधिका लागि राष्ट्र बैंकले एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो । यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन गरेको छ । राष्ट्र बैंकले १ वर्ष अवधिका लागि राष्ट्र बैंकले एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो । यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
ऋणपत्र २०८३ पुस ३० गते परिपक्व हुनेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ ।
ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ । हिजो मात्रै राष्ट्र बैंकद्धारा २० अर्बको ऋणपत्र निष्कासन भएको थियो । दुई साताकै अवधिमा केन्द्रीय बैंकले एक वर्षे अवधिको २ खर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याइसकेको छ ।