सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
मङ्गलवार नेप्से ४.९० अंकले बढ्दै २६३९.९१ बिन्दुमा पुगेको हो । आज ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार बराबर कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौ । हिजो घटेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने सामान्य अंकले बढेको छ । मङ्गलवार नेप्से ४.९० अंकले बढ्दै २६३९.९१ बिन्दुमा पुगेको हो । आज ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार बराबर कित्ता सेयर खरिदबिक्री भएको छ। हिजो भने ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा १३४ को भने घटेको छ। त्यस्तै ८ कम्पनिको सेयर मूल्य भने स्थिर छ ।
आज थी्र स्टार हाइड्रोपावरमा भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज दिन दोर्दी खोला जलविद्युतको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रसुवागढी हाइड्रोपावर कम्पनिको सेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ। आज राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८१९ रूपैयाँमा ५४ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो।