नेप्से ५.५४ अंकले घट्यो, कारोबार भने ६ अर्ब माथि
आज नेप्से सूचक ५.५४ अंकले घट्दै २६३५ को विन्दुमा झरेको छ । आज ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँ बराबरको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर खरिदबिक्री भएको छ । आज ७५ कम्पनीको सेयर मूल्य बढ्दा १७८ को भने घटेको छ। त्यस्तै ७ कम्पनिको सेयर मूल्य भने स्थिर छ ।
काठमाडौ । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) घटेको छ । आज नेप्से सूचक ५.५४ अंकले घट्दै २६३५ को विन्दुमा झरेको छ । आज ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँ बराबरको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर खरिदबिक्री भएको छ । गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो । आज ७५ कम्पनीको सेयर मूल्य बढ्दा १७८ को भने घटेको छ। त्यस्तै ७ कम्पनिको सेयर मूल्य भने स्थिर छ ।
त्यस्तै एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज मा भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै रसुवागढी हाइड्रोपावरको ८.५३, बुङ्गल हाइड्रोपावरको ५.४१, ट्रेड टावरको ५.३० प्रतिशतले बढेको हो । घटेको बजारमा सबैभन्दा धेरै मूल्य घट्नेमा सुपर मादी हाइड्रोपावरको ४.२५, कालिका लघुवित्तको ३.८५, मायाखोला हाइड्रोपावरको ३.७१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, राधि विद्युत्, मञ्जुश्री फाइनान्स, श्रीनगर एग्रिटेक र शिवम् सिमेन्ट रहेका छन् ।