सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँ बढेर ५ हजार १ सय ९५ रुपैयाँ कायम भएको हो ।
काठमाडौ । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँ बढेर ५ हजार १ सय ९५ रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला हजार ९९० रुपैयाँ कायम भएको थियो ।