जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता : महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष
जसपा र लोसपाबीच भएको सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुरलाई संरक्षक र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको छ । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो ।
सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने अध्यक्षमा उपेन्द्र यादव भएका छन् ।
समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।