सिद्धार्थ बैंकको सीईओमा रामेश्वर बस्याल
प्रबन्धकका रुपमा सन् २००५ मा सिद्धार्थ बैंक प्रवेश गरेका बस्यालले वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले बस्याललाई व्यवस्थापकीय जिम्मेवारी सुम्पिएको हो । बैंकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव भएका बस्यालले अब सिद्धार्थ बैंकको बागडोर सम्हाल्ने छन् ।
सीईओ बस्याल सन् २००५ देखि सिद्धार्थ बैंकमा कार्यरत छन् । प्रबन्धकका रुपमा बैंकमा प्रवेश गरेका बस्यालले वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । सीईओ बस्यालसँग साढे तीन दशक लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।