सन नेपाल लाइफको साधारणसभा सपन्न, लाभांश पारित
साधारण सभाबाट चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रूपैयाँको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश गरी २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आठौं तथा नवौं वार्षिक सााधारण सभा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ एनएफआरएस बमोजिम को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित भएको हो ।
साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रूपैयाँको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ सहित) गरी २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव सर्वसम्मत पारित भएको छ ।