सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १ लाख ४३ हजार भन्दा बढीले पाए सेयर, ९ जना भाग्यमानीको हातमा ११ कित्ता

पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरिएको आइपीओमा २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

काठमाडौ  । सालपा विकास बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो ।

पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरिएको आइपीओमा २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ । योग्य आवेदकमध्ये १ लाख ४३ हजार ९१७ जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन् । ९ जना आवेदकले बैंकको थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् ।