डोल्मा फाउण्डेशनलाई कर छुट दिने निर्णय तत्काल अदालतले रोक्यो, कुन-कुन कम्पनी आकर्षित हुन्छन् ?

डोल्माले लगानी गरेका धेरैजसो ‘स्टार्टअप’ घाटामा गएका भएपनि जलविद्युत् आयोजनामा भने उल्लेखनीय आम्दानी गरेको छ ।

काठमाडौं । डोल्मा फाउण्डेशनलाई कर छुट दिने विषय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भएको छ ।

भेषराज लुइटेलले दायर गरेको रिट निवेदनमा सुनवाई हुँदा सर्वोच्च अदालतका न्यायधिश महेश शर्मा पौडेलको एकल इजलासले सरकारको नाममा डोल्मा फाउण्डेशनलाई कर छुट निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश गरेको हो ।

जेन्जी आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मन्त्रिपरिषदबाट निर्णय गराएर डोल्मालाई कर छुट दिने निर्णय भएको थियो । लुइटेलल दायर दायर गरेको निवेदनमा अन्तरिम आदेश जारी गरेर अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । दुबै पक्षको बहस सुनेपछि अदालतले दीर्घकालिन अन्तरिम आदेश दिने÷नदिने विषयमानिर्णय लिनेछ ।

डोल्मा फाउण्डेशन मौरिसस वेस भएको कम्पनी हो । सो देशसँग अर्थ मन्त्रालयले दोहोरो कर मुक्ति सम्झौता गरेको छ । जस अनुसार कर छुट दिएको सरकारी अधिकारीहरुको दाबी छ । हाल सो सम्झौता भने खारेज भैसकेको छ । 

डोल्माले नेपालमा सस्तोडिल, फुडमान्डु, क्लाउड फ्याक्ट्री होल्डिङ्स, फ्युजमसिन्स, उपाय सिटी कार्गो, वर्ल्डलिंक, सेञ्चुरी मसला, सेतीखोला हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, सोलार फार्म, नेसनल पाथल्याब्स, निदान हस्पिटल, चिरायु अस्पताल र डस फर्मास्युटिकल्समा लगानी गरेको छ । डोल्माले लगानी गरेका धेरैजसो ‘स्टार्टअप’ घाटामा गएका भएपनि जलविद्युत् आयोजनामा भने उल्लेखनीय आम्दानी गरेको छ । 

मकर जितुमाया सुरी हाइड्रोपावर, फ्युजमसिन्स, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, उपाय सिटी कार्गो, वर्ल्डलिंक र सेतीखोला हाइड्रोपावरमा डोल्माले गरेको लगानी वृद्धि भएको छ । यी सबै कम्पनीमा २ करोड ५१ लाख ५० हजार अमेरिकी डलर (३ अर्ब ५७ करोड १३ लाख रुपैयाँ लगानी गरेकामा अहिले फेयर भ्यालु (सम्भावित न्यायिक मूल्य) वृद्धि भएर ४ करोड ८५ लाख ९० हजार अमेरिकी डलर (करिब ६ अर्ब ८९ करोड ९७ लाख ८० हजार रुपैयाँ) पुगेको छ । यस आधारमा ६ वटा कम्पनीबाट ३ अर्ब ३२ करोड ८४ लाख ८० हजार रुपैयाँ लाभ हुने देखिन्छ ।

नेपालको आयकर ऐन २०५८ अनुसार २५ प्रतिशत कर लागे ८३ करोड २१ लाख २० हजार रुपैयाँ पुँजीगत लाभकर नेपालले प्राप्त गर्नेछ । डोल्माले तत्काल मकर जितुमाया सुरी हाइड्रो पावरको सेयर बिक्री गर्न खोजेको छ । करिब २६ करोडमा किनेको सेयर अहिले बेच्दा डोल्माले करिब १ अर्ब १७ करोड ७८ लाख ६६ हजार ८ सय रुपैयाँ नाफा कमाउँछ । यसअनुसार कम्पनीलाई २९ करोड ४४ लाख ६६ हजार ७ सय रुपैयाँ पुँजीगत लाभकर कर लाग्छ । मकर जितुमाया सुरी हाइड्रोपावर, फ्युजमसिन्स, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, उपाय सिटी कार्गो, वर्ल्डलिंक र सेतीखोला हाइड्रोपावरमा डोल्माले गरेको लगानी वृद्धि भएको छ । यी सबै कम्पनीमा २ करोड ५१ लाख ५० हजार अमेरिकी डलर (३ अर्ब ५७ करोड १३ लाख रुपैयाँ लगानी गरेकामा अहिले फेयर भ्यालु (सम्भावित न्यायिक मूल्य) वृद्धि भएर ४ करोड ८५ लाख ९० हजार अमेरिकी डलर (करिब ६ अर्ब ८९ करोड ९७ लाख ८० हजार रुपैयाँ) पुगेको छ । यस आधारमा ६ वटा कम्पनीबाट ३ अर्ब ३२ करोड ८४ लाख ८० हजार रुपैयाँ लाभ हुने देखिन्छ ।

नेपालको आयकर ऐन २०५८ अनुसार २५ प्रतिशत कर लागे ८३ करोड २१ लाख २० हजार रुपैयाँ पुँजीगत लाभकर नेपालले प्राप्त गर्नेछ । डोल्माले तत्काल मकर जितुमाया सुरी हाइड्रो पावरको सेयर बिक्री गर्न खोजेको छ । करिब २६ करोडमा किनेको सेयर अहिले बेच्दा डोल्माले करिब १ अर्ब १७ करोड ७८ लाख ६६ हजार ८ सय रुपैयाँ नाफा कमाउँछ । यसअनुसार कम्पनीलाई २९ करोड ४४ लाख ६६ हजार ७ सय रुपैयाँ पुँजीगत लाभकर कर लाग्छ ।