एनआईसी एशिया बैंक इटहरी शाखामा कर्मचारीमाथि अभद्र व्यवहार, कारवाही गर्न माग

कुनै पनि वहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायलाई एनआईसी एशियाले अनुरोध गरेको छ ।

काठमाडौं । एनआईसी एशिया बैंकको इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरेका एक व्यक्तिले बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको छ ।

उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले बताएको छ । बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको उल्लेख गरेको छ ।

बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पुर्‍याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कृयाकलापबाट बैंकिङ्ग क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको विज्ञप्तीमा जनाईएको छ ।

कुनै पनि वहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

साथै, बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग बैंक हार्दिक अपिल गरेको छ ।