सानिमा रिलायन्सको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

कम्पनीले चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँको १०.१७८० प्रतिशतका दरले हुने रकम ५१ करोड चार लाख १८ हजार ९७० रुपैयाँ बराबरको नगद लाभाशं कर सहित वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार शुभ इवेन्टस, गोल्फुटार, काठमाण्डौंमा कम्पनीको साधारण सभा सम्मन्न भएको हो ।

कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँको १०.१७८० प्रतिशतका दरले हुने रकम ५१ करोड चार लाख १८ हजार ९७० रुपैयाँ बराबरको नगद लाभाशं कर सहित वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

यसैगरी, आव ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पारित गरेको छ ।