वैदेशिक रोजगारीमा रहेकाहरुलाई फरेष्ट इनको आईपीओ माघ ४ गतेदेखि निष्काशन हुने

होटल फरेष्ट इनले आईपीओ जारी गर्ने भएको छ । कम्पनिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। यो आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ।

काठमाडौं । होटल फरेष्ट इनले आईपीओ जारी गर्ने भएको छ । कम्पनिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। त्यसपछि सर्वसाधारणका लागि आईपी‌ओ जारी गरिने कम्पनिले जनाएको छ ।

कम्पनिले पुस २० गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता साधारण सेयर, कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको हो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। 

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। यो आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ। कम्पनिको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

बूढानीलकण्ठमा सञ्चालित पाँचतारे होटल फरेष्ट इन निर्माणमा कुल ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये २ अर्ब १२ करोड रुपैयाँ बैंक ऋण रहेको छ भने १ अर्ब २ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ। बाँकी लगानी आईपीओ मार्फत जुटाउने योजना कम्पनिको छ।