महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले डेपुटी गर्भनर मिश्रसमक्ष लिए शपथ
उपाध्यायलाई पुस २१ गते सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिले अध्यक्ष चयन गरेको थियो । उपाध्याय यसअघि पनि बैंकमा अध्यक्ष थिए ।
काठमाडौं । महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायत उपस्थित थिए । उपाध्यायलाई पुस २१ गते सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिले अध्यक्ष चयन गरेको थियो। उपाध्याय यसअघि पनि बैंकमा अध्यक्ष थिए ।