पिकनिकबाट फर्कंदै गर्दा काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना, २२ घाइते

नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको हो । बसमा ३५ देखि ४० जना सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा पुर्‍याएको छ ।

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ ।

केहीबेर अघि बस दुर्घटनामा परेको हो ।

काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा दुर्घटनामा परेको बस पिकनिक गएर फर्कंदै गरेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको एसपी भट्टराईले जानकारी दिए ।

नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको हो । बसमा ३५ देखि ४० जना सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा पुर्‍याएको छ । घाइतेमध्ये २ जना गम्भीर जनाको अवस्था गम्भिर छ । घाइतेहरुको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेल लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।