चाँदीको मूल्य हालसम्मकै उच्च, सुनमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकिएको हो। अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो भने आजको मूल्य हाल सम्मको नै उच्च हो । त्यस्तै आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार सुनको भाउ आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको हो।

काठमाडौ । बुधबार (आज) चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । चाँदीको मूल्यले गत पुस १४ गते कायम तोलको ४ हजार ९३५ रुपैयाँको मूल्यलाई तोड्दै गर्दै नयाँ उचाई बनाएको हो । 

त्यस्तै आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार सुनको भाउ आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकिएको हो। अघिल्लो दिन भने सुन २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।