अमेरिकी डलरको सटही दर घट्दा युरो र पाउण्ड बढ्यो, अरुको कति ?

आज अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ ९७ पैसा रहँदा बिक्री दर १४४ रुपैयाँ .५७ पैसा छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ .१५ पैसा र बिक्री दर १४४ रुपैयाँ .७५ पैसा थियो ।

काठमाडौं । बुधबार अमेरिकी डलरको सटही दर घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ ९७ पैसा रहँदा बिक्री दर १४४ रुपैयाँ .५७ पैसा छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ .१५ पैसा र बिक्री दर १४४ रुपैयाँ .७५ पैसा थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद दर आज १६८ रुपैयाँ .५७ पैसा कायम भएको छ । बिक्री दर १६९ रुपैयाँ .२८ पैसा छ । मंगलबार युरो एकको खरिद दर १६८ रुपैयाँ .४० पैसा र बिक्री दर १६९ रुपैयाँ .१० पैसा थियो।

आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९४ रुपैयाँ .७० पैसा बिक्री दर १९५ रुपैयाँ .५१ पैसा रहेको छ । हिजो १ बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९४ रुपैयाँ .०७ रुपैयाँ र बिक्री दर १९४ रुपैयाँ ८८पैसा थियो ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा , जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६१ पैसा र बिक्रीदर २० रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा , बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५२ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा रहेको छ। यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।