कोशीमा मन्त्रीको सेट परिवर्तन

कोशीको मन्त्रिपरिषद्‌मा रहेका एमालेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, राम राना आर्थिक मामिला, एकराज कार्की खानेपानी र पाँचकर्ण राई सामाजिक विकास मन्त्री थिए । राज्यमन्त्री सिर्जना राई थिइन् । उनीहरू सबै फिर्ता भए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले मंगलबार कांग्रेस-एमाले गठबन्धन सरकारमा रहेका सबै मन्त्री हटाएर नयाँ नियुक्त गरेका हुन् । मुख्यमन्त्री उही तर, मन्त्रीहरुको सेट परिवर्तन भएको प्रदेशभरमा सम्भवतः यो नै पहिलो पटक हो ।

कोशीको मन्त्रिपरिषद्‌मा रहेका एमालेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, राम राना आर्थिक मामिला, एकराज कार्की खानेपानी र पाँचकर्ण राई सामाजिक विकास मन्त्री थिए । राज्यमन्त्री सिर्जना राई थिइन् । उनीहरू सबै फिर्ता भए ।

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार र स्वास्थ्य, सदानन्द मण्डल पर्यटन र खगेनसिं हाङगाम कषि मन्त्री थिए । भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री थिए । उनीहरू पनि फिर्ता भए । सेट नै फिर्ता गरेर मुख्यमन्त्री कार्कीले एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला, चिन्तन (तिलचन) पाठकलाई खानेपानी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामकुमार महतोलाई सामाजिक विकास मन्त्री बनाएका छन् । माकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री बनाइएको छ । उनी गर्त वर्ष पनि राज्यमन्त्री बन्ने तयारीमा थिए, तर अन्तिममा फिर्ता भए ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन वन, मानबहादुर लिम्बु स्वास्थ्य र इस्राइल मन्सुरी उद्योग तथा कृषि तथा सहकारी मन्त्री बनेका छन् । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ । भागबण्डा पुर्‍याउन फेरबदल भएका मन्त्रीको कार्य अवधि एक वर्षको हुनेछ । बहिर्गमनमा परेका कांग्रेसका मन्त्री २०८१ भदौ २८ गते मन्त्री बनेका थिए ।